५ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको गैरकानूनी कामको प्रतिवाद गर्नुपर्ने बताएका छन् । पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा ओलीले सरकारले जनताको हित विपरितको काम गरेको भन्दै गैरकानूनी कामको प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले बजेटमा करका दरहरु सेटिङका आधारमा हेरफेर भएको भन्दै यसमा सरकारले स्पष्ट रुपमा धारणा सार्वजनिक गर्नुपर्ने बताए । ओलीले प्रतिक्रियावादीको सेवक हुन पुगेकालाई मात्र सरकारले प्राथमिकता दिएको र अरुलाई दुख दिएको धारणा राखे ।

उनले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने जनाए । उनले एमाले विधि र लोकतन्त्रको रक्षार्थ निडरताका साथ अघि बढ्ने उल्लेख गर्दै त्यसका लागि कानूनी र अन्य लडाइँ लड्न तयार रहेको बताए ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेतृत्व हस्तान्तरण गर्दै नयाँ जिम्मेवारी प्राप्त अध्यक्ष सुनिता बराललाई उक्त पद हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV