५ आश्विन २०७८, मंगलवार

मुगु । पाँच महिनादेखी खाद्यन्नका डिपो र बिक्रीकेन्द्रमा रित्तिँदा मुगुवासी चरम मारमा परेका छन् । खाद्यान्नका डिपो रित्तिँदा स्थानीयहरु मारमा परेका छन् ।

आर्थिक वर्ष २०७८/०७९सालको नयाँ खाद्यान्न ढुवानी प्रक्रियामा ढिलो हुँदा हिमाली जिल्ला मुगुमा दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएका हो । जिल्लामा रहेका सोरुकोट खाद्यान्न डिपो, कालै बिक्रि केन्द्र, श्रीकोट डिपो, रातापानी बिक्रि केन्द्र,पुलु डिपो कार्यालय रित्तै हुँदा बजारको चर्को मूल्यमा खाद्यन्न किन्न नागरिकहरु बाध्य भएका छन् ।

साथै, शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव भएको छ । राज्यको नीति अनसुार नागरिकलाई पहिलो प्रथामिकतामा रोक भोग र खाद्यान्नको ब्यावस्था रहेपनि मुगुमा समयमा खाद्य हाहपुर्ति नहुँदा वर्षेनी खाद्य समस्या हुँदै आएको स्थानीयको गुनासो रहेको छ ।

लामो समयमादेखी राज्यको अनुदानको खाद्यान्न खान पाएका छैनौँ, स्थानीयले भने । सरकारले दिएको खाद्य सामग्री नहुँदा स्थानीयहरु स्थानीय बजार धैन, कालै, तारापानी,गमगढी बजार र हुम्लाको कवाडी भन्ने स्थानमा गएर चर्को मूल्यको खाद्यान्न किनेर खान बाध्य बनेका छन् ।

खाद्यन्न संस्थानका कर्मचारीको गल्ती हो वा ठेक्का दारको कजोरीहो अनुदानको सहुलिएत खाद्यान्न खान नपाएको सोरुवासीको धेरै समय भैसकेको सोरु गाँउपालिका वडा नम्बर १०का सर्जन मल्लले बताएका छन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुमा हाल ६ सय क्विन्टल मात्र चामल मौज्दात रहेको छ । सरकारको निर्देशन अनुसार दशैंको मुखमा स्थानीयलाई सहुलियत मुल्यमा चामल विक्री पर्ने हो । अन्य जिल्लामा सहुलियत रुपमा सस्थान बाट खाद्यान्न बिक्री गरी सकेका छन भर्ने मुगुमा लामो समय देखी खाद्यान्न डिपो र केन्द्रहरु खाली रहेका छन् ।

गत वर्षको सबै खाद्यान्न ढुवानी भई वितरण भइसकेको र आ.व २०७८।०७९को खाद्यान्न ढुवानीको लागि केन्द्रीय कार्यालयमा आजही ढुवानीको लागि आसर्य पत्र खोली सकेको र अबको केही दिनमा नै मुगुमा रहेका खाद्यन्न भण्डारमा खाद्य ढुवानी हुने खाद्य ब्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुका सूचना अधिकारी पुस्कर भामले बताएका छन् ।

डिपोकार्यालय गमगढी बजारमा रहेको ६ सय क्विन्टल मध्य आधा जापानिज चामल र अन्य मोटा चामल मात्र रहेका छन । खाद्यान्न सस्थान बाट १६सयमा पाउर्ने खाद्यान्न स्थानिय बजारमा २ हजार २५ सय सम्मको चर्को मूल्यमा हालेर स्थानिय नागरीकहरुले खाद्यान्न प्रयोग गदै आई रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV