५ आश्विन २०७८, मंगलवार

काठमाडौं । पोर्नोग्राफी मुद्दामा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्र छुट्टिइसकेका छन् । राज कुन्द्र ६२ दिनपछि जेलबाट बाहिर आएका हुन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउने र एउटा एप्लिकेसनमार्फत् सार्वजनिक (पब्लिस) गर्ने गरेको गम्भीर आरोप लागेको थियो ।

५० हजार धरौटी रकम बुझाएर छुट्टिएका राज कुन्द्रा घर पुग्नु अगावै अभिनेत्री एवं मोडल शर्लिन चोपडाले ट्वीट गरेकी छन्, जहाँ उनले पहिलेजस्तै राज कुन्द्रामाथि कडा टिप्पणी गरेकी छन् ।

राज कुन्द्रामाथि शर्लिनको यस्तो टिप्पणी

अभिनेत्री तथा मोडल शर्लिन चोपडाले आफ्नो ट्वीटर अकाउन्टमा राज कुन्द्राको ट्विटर बायो सेयर गर्दै राज कुन्द्रामाथि कडा टप्पणी गरेकी हुन् । अभिनेत्री शर्लिनले सेयर गरेकी राज कुन्द्राको ट्वीटर बायोमा लेखिएको छ, ‘जीवन पथको सही छनौट हो ।’

शर्लिनले राज कुन्द्राको सोही स्क्रिनसट सेयर गर्दै लेखेकी छन्, ‘कस्तो राम्रो ट्वीटर बायो ।’ शर्लिनले राज कुन्द्रामाथि मात्र नभई अभनेत्री शिल्पा शेट्टीप्रति पनि क्रोध व्यक्त गरेका छन् । त्यसोत केहीदिन अगाडि मात्र शर्लिनले शिल्पा शेट्टीलाई पनि गाली गरेकी थिइन् ।

शिल्पालाई पनि बनाइन् मजाक

यसैबीच शिल्पा शेट्टीको भिडियो शेयर गर्दै शर्लिन चोपडाले लेखेकी छन्, ‘दिदी, तपाई नियमित योग र व्यायाम गर्नुहुन्छ । त्यसैले माता वैष्णो देवीको पैदल यात्रामा किन समस्या भयो ।’ उक्त भिडियोे शिल्पा शेट्टीको वैष्णो देवीको यात्राको हो ।

शर्लिनले राज कुन्द्रामाथि लगाएकी थिइन् आरोप

एफआईआरका अनुसार शर्लिन चोपडामार्फत् पोर्नोग्राफी केसमा राज कुन्द्रालाई पुलिसले पक्राउ गरेको थियो । शर्लिन चोपडाले आफूलाई राज कुन्द्राले बयस्क उद्योगमा ल्याएकी बताएक थिइन् ।

शर्लिन चोपडाले हरेक प्रोजेक्टका लागि ३० लाख भारु लने गर्थिन् । शर्लिनले करिब १५ देखि २० वटासम्म बयस्क प्रोजेक्ट गरिसकेकी बताएकी छन् ।

१९ जुलाईका दिन पक्राउ परेका थिए राज कुन्द्रा

अश्लिल भिडियो बनाएर एक वेबसाइटमा अपलोड गरेको भन्दै पुसिलले राज कुन्द्रालाई १९ जुलाईका दिन पक्राउ गरेको थियो । त्यसपछि लगातार राज कुन्द्राले कानूनी कारबाहीको सामना गर्दै आएका थिए ।

राज कुन्द्रामाथि पोर्न फिल्म (अश्लिल भिडियो) बनाउने र एक वेब एप्लिकेशनमा अपलोड गर्ने गरेको आरोप लागेको थियो, जहाँ शर्लिन चोपडा, पूनम पाण्डेलगायत अभिनेत्रीहरुको नाम पनि समावेश गरिएको थियो । यस मुद्दामा पुलिसले अभिनेत्री शिल्पा शेट्टसँग पनि सोधपुछ गरेको थियो । यस मुद्दामा अभिनेत्री शिल्पाले आफ्नो कुनै लेनदेन नभएको बयान दिएकी थिइन् ।

शिल्पाले सम्हालेकी थिइन् परिवार

राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले पूरै साहसका साथ सम्पूर्ण परिवारको हेरचाह सम्हालेकी थिइन् । उक्त कठीन समयबाट परिवारलाई बचाउन उनले हर तरिकाले काम गरेकी थिइन् । उनले आफ्नो व्यावसायिक प्रतिबद्धतालाई समेत पनि पूरा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV