५ आश्विन २०७८, मंगलवार

एजेन्सी । जापानमा आगामी वर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ ।

जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिनुभएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप लगाउने तयारी भएको हो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले थप मात्राको खोप लगाउने बारेमा अघिल्लो हप्ता नै निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

दोस्रो खोप लगाएको आठ महिनापछि थप मात्राको रुपमा तेस्रो खोप लगाउन सकिने व्यवस्था गरिने भएको हो । थप मात्राको खोप लगाएपछि शरिरमा एन्टी वडीको मात्रा पनि बढ्ने चिकित्सकहरुले बताएका छन् ।

थप मात्राको खोप आगामी सन् २०२२ को फेब्रुअरीदेखि लगाउन थालिने र सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाइने पनि उहाँले बताउनुभयो ।त्यसैगरी ६५ बर्षभन्दा बढी उमेरका बृद्ध बृद्धाहरुलाई पनि थप खोपका लागि उच्च प्राथमिकताको सूचीमा राखिने भएको छ ।

आगामी वर्षभरीमा सवै स्वास्थ्यकर्मीहरुले थप मात्राको खोप लगाउन पाइसक्ने मन्त्री कोनोले पत्रकार सम्मेलनमा विश्वास व्यक्त गर्नुभयो । उहाँले थप मात्राको खोप अर्को वर्ष उपलब्ध गराउनका लागि अहिलेदेखि नै आवश्यक तयारी गर्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV