५ आश्विन २०७८, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय माग गरेको छ ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले सर्वोच्चले निर्वाचन आयोगसँग दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको हो ।

मंगलबार कार्की र चुँडालको इजलासले माधवकुमार नेपालसहित १४ जना संघीय सांसद र २ प्रदेश सांसदविरुद्ध सर्वाेच्च अदालतमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेका मुद्धाबारे अन्तरिम आदेश दिएको छैन ।

अध्यक्ष ओलीले १४ जना संघीय र २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै सर्वाेच्चमा मुद्धा दयार गरेका थिए ।

प्रधानमन्त्रीबाट हटेपछि ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत नदिने १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । वैशाख २७ गते संसद विघटन गरेपश्चात् प्रधानमन्त्रीमा यथावत रहन विश्वासको मत लिने क्रममा २८ जना एमाले सांसद अनुपस्थित रहेका थिए ।

तर, साउन २५ गते १४ सांसदलाई कारबाही गरेको पत्र एमालेले सभामुख अग्नि सापकोटालाई पठाएको थियो । तर, त्यतिबेला सभामुख सापकोटाले यससम्बन्धी कुनै निर्णय गरेनन् । बीचमा निर्वाचन आयोगले माधवकुमार नेपालसहित १४ सांसदलाई दल दर्ताको मान्यता दिएपछि ओली सर्वोच्च अदालत पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV