५ आश्विन २०७८, मंगलवार

काठमाडौँ । टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् ।

नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् ।

रिपाचेजमा अमेरिका र सर्बियाकी खेलाडीलाई हराएर पदकनजिक पुगेकी पलेशा फाइनलमा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV