५ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न सात जिल्लामा वडा अधिवेशन भएको छ । काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन भएको हो ।

बाँकी १३ जिल्लामा क्रियाशील सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो लागेको छैन । गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो ।

बाँकी २० जिल्लामा मंगलबार अधिवेशन गर्ने कांग्रेसको योजना रहेपनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ । समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँ/नगर अधिवेशन प्रभावित हुने भएको छ ।

कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV