५ आश्विन २०७८, मंगलवार

पोखरा । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले एमसीसीको सम्झौता पूर्व सभामुख कृष्ण बहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले ढुसी पारेर राखेको आरोप लगाएका छन् ।

प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा बोल्दै तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाका कारण एमसीसी पारित हुन नसकेको टिप्पणी गरेका हुन् ।

नेता बाँस्कोटाले भने, कृष्णबहादुर एमसीसी महराजीले पेन्डिङमा हाल्नु भो, सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो ।

एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए ।

कार्यक्रममा बोल्दै बास्कोटाले सत्तारुढ दलसँग झण्डै दुई तिहाइको बहुमत रहेको र ुएमसीसी पास गर्दा भयो नि, किन रोकेको ? एमाले किन चाहियो ?’ भन्दै प्रश्न समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV