५ आश्विन २०७८, मंगलवार

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन्। उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।

गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV