५ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर अमेरिकाबाट स्वदेश फर्किएको छ । बिहान साढे सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट टोली फकिएका हुन् ।

कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएका छन् । तर, मुख्य प्रशिक्षक डेभ वाटमोर भने उतैबाट श्रीलंका प्रस्थान गरेका छन् ।

ओमान पुगेपछि प्रशिक्षक वाटमोरले यही यात्रा अन्तिम रहेको नेपाली टिमसँग भनेका थिए । र, त्रिकोणात्मक सिरज सकिएपछि पदबाट राजीनामा दिने पनि बताएका थिए ।

ओमान भ्रमणमा नेपालले लिग २ को सिरिजमा चार र त्यसअघि पपुवा न्यु गिनीविरुद्ध दुई गरी कूल ६ खेल खेलेको छ । कूल ६ खेलमा नेपालले चार खेल जित्दा दुई खेलमा पराजित भएको छ ।

नेपालले अब विश्वकप लिग २ मा अर्को सिरिज २०२२ फेब्रुअरीमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV