५ आश्विन २०७८, मंगलवार

मुग्लिन । गाउँमा पहिलोपटक मोटर पुगेपछि स्थानीयवासीले चालकलाई फूलको माला र अबिर लगाएर स्वागत गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तल्लो ढुङ्गे गाउँमा सोमबार पहिलोपटक मोटर पुगेको थियो ।

“गाउँमा गाडी चल्न सुरुआत भएसँगै कृषि उत्पादन बजार पु¥याउन सजिलो हुने भयो । आयआर्जनमा समेत वृद्धि हुन्छ । ” स्थानीयवासी यामबहादुर गुरुङले भन्नुभयो । गाउँमा सडक पुगेसँगै कृषि प्रवद्र्धनका लागि सरकारले तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ ।

विशेषगरी तरकारी खेतीका लागि उर्वरभूमि भए पनि सडक सञ्जालले नजोडिँदा यहाँका स्थानीयवासी व्यवसायी रुपमा कृषि उत्पादनमा लाग्न सकेका थिएनन् ।

जलविरे–चण्डिभञ्ज्याङ कृषि सडकअन्तर्गत चण्डिभञ्ज्याङबाट तल्लो ढुङ्गेसम्म तीन किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । उक्त गाउँमा मोटरबाटो पु¥याउनका लागि वाग्मती प्रदेश सरकारले ससर्त अनुदानबाट रु २५ लाख विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV