५ आश्विन २०७८, मंगलवार

काठमाडौँ । काठमाडौँमा अहिले भेरोसेल खोप दिइरहेको अवस्था छ । तर जुनसुकै खोपकेन्द्रमा जाँदा पनि लामो लाइन नबसी सहजै खोप पाउने अवस्था छैन । आवश्यकभन्दा कम परिमाणमा खोप हुनु, जनसंख्याको चाप अधिक हुनु, चुस्त व्यवस्थापन नहुनुलगायत समस्याले गर्दा खोप लिन निकै सास्ती बेहोर्नुपरेको अनुभवीहरु सुनाउँछन् ।

यस्तै, काठमाडाैँ महानगरपालिका वडा नं ७, चाबहिल स्थित वडा कार्यालयमा खोप लाउनेहरुको लामो लाइन लागेको देखियो । मंगलबार खाेप लाउन बसेकाहरूकाे लाम खोपकेन्द्रदेखि पशुपति क्याम्पस हुँदै तयसको पछाडिसम्मै थियो । कैयौँ महिला पुरुष, युवायुवतीहरु खोप लाउन घण्टौँदेखि चर्को घाममा छाता ओढेर लाइन बसिरहेका थिए ।

यसअघि पटकपटक खोप लिन जाँदा कहिले खोप नै सकिएको भनेर रित्तो फर्काएको र कहिले अनलाइन दर्ता नम्बरसहितको कागजात नल्याएको भनेर खोप नपाएको लाइनमा उभिएका एक जनाले गुनासो गरे । यसपालि भने खोप पाइने आशामा उनी लाइनमा थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV