५ आश्विन २०७८, मंगलवार

काठमाडौं । तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वोच्चमा अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाई भइरहेको छ ।

यसअघि हेर्दाहेर्दैमा राखिदै आएको मुद्दा मंगलबार न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । मुद्धाको फैसला कस्तो आउँला त्यसबारे भने केही समयपछि जानकारी दिइनेछ ।

पार्टीले कारवाही गरेका तत्कालीन एमालेका माधव नेपालसहित १४ सांसदलाई कानूनविपरीत दल दर्ता गर्न निर्वाचन आयोग र सभामुखले सहयोग गरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेको थिए।

हाल १४ सांसदको कारवाहीको विषयलाई लिएर प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सभामुख सापकोटाले कारवाही गरेकाहरुको सूचना नटाँसेसम्म संसद अघि बढ्न नदिने भन्दै एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV