५ आश्विन २०७८, मंगलवार

काठमाडाैँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

साेह्र श्राद्ध सुरू भएसँगै पशुपतिस्थित  आर्यघाट लगायत विभिन्न घाट, कुण्ड र तर्थस्थलहरूमा श्राद्ध गरी पिण्डदान गर्नेहरूकाे घुइँचाे लागेकाे छ । यहाँ आर्यघाटमा भइरहेकाे श्राद्ध कर्मका केही तस्वीर समावेश गरिएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV