४ आश्विन २०७८, सोमबार

काठमाडौं । भारतको उत्तराखण्डको पिथौरागढमा नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास सुरु भएको छ । सोमबारबाट नेपाल र भारतबीच सुरु भएको सैन्य अभ्यासको नाम ‘अभ्यास सूर्य किरण’ दिइएको छ ।

सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, जंगल वारफेयरलगायतमा केन्द्रित रहने भनिएको छ । भारतको पिथौरागढमा सुरु भएको यो ‘अभ्यास सूर्य किरण’ १५ औं संस्करण हो । सोमबार सुरु भएको सैन्य अभ्यास कार्तिक १३ गतेसम्म चल्नेछ ।

नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेतृत्व गरेको अभ्यासमा नेपाली टोलीबाट ३ जना जनाको फौज रहेको छ भने भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज रहेको छ ।

नेपाली सेनाको टोली शनिबार पिथौरागढ पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV