४ आश्विन २०७८, सोमबार

भक्तपुर । भक्तपुरमा फुटसल प्रतियोगिता हुने भएको छ । अरनिको राजमार्ग नजिकै रहेको ईतबुँमा अवस्थित हेल्दी फुटसल प्रालिले पहिलो पटक हेल्दी फुटसल खुल्ला प्रतियोगिता २०७८ गर्न लागेको हो ।

यही असोज १६ गते शनिवार हुने प्रतियोगिता बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कम्तिमा २० र बढीमा ३२ टिमको सहभागीता हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा खेलाडीहरुलाई प्रत्साहन स्वरुप पहिलो हुने टिमलाई नगद रु. ५०हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कारको ब्यवस्था गरेको छ भने देस्रो हुनेलाई नगद रु २५हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र त्यसै गरी बेष्ट प्लेयर, बेष्ट किपर तथा अनुशाषित टिमलाई प्रत्साहन स्वरुप पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV