४ आश्विन २०७८, सोमबार

सिरहा । प्रतिबन्धित पाँच किलो गाँजा सहित एक जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका १३ स्थित तिरतपुर घर भएका करीब २६ वर्षीय शुभ कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

प्रवक्ता बुढाथोकीका अनुसार सिरहा धनुषा जोड्ने कमला नदी पार गर्दै सिरहा तर्फ आउने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको सादा पोशाकका टोली र वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको प्रहरीले टोलीले सिरहा नगरपालिका वडा ६ स्थित बसविट्टा चौक स्थित ज ११ प १७४३ नम्बर प्लेटको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा ५ किलो २ सय २३ ग्राम र २ थान नाईट्रोभेट ट्याबलेट लागुऔषध सहित महतोलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका माथि जिल्ला प्रहरी कार्यालय मार्फत थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV