४ आश्विन २०७८, सोमबार

काठमाडौं । मित्रराष्ट्र जर्मनीमा यहि सेप्टेम्बर २६,असोज १० गते आयोजना हुने बीएमडब्लु म्याराथुन भाग लिन जान लाग्नुभएका नेपाली धावक गोपि चन्द्र पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई एथलेटिक्स परिवार, नेपालले बिदाइ गरेको छ ।

१३ औ सागका स्वर्ण पदकधारी धावक पार्कीलाई एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्त, एथलेटिक्स परिवार,नेपालका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीहरुले खेल पोशाक र सामग्री प्रदान गरी बिदाई गर्नुभयो ।

सल्लाहकार सुनिल राजबंशी र नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्त ले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई खुराकी खर्च बापत ५० हज़ार प्रदान गर्नुभयो ।

नेपालबाट सहभागी हुन जाने खेल टोलिलाई तिन दिनको बसोवास, खाना खर्च आयोजक बाट व्यहोर्ने र बॉकी ३ दिनको सम्पूर्ण खर्च सल्लाहकार ऋषी भण्डारीले सहयोग स्वरुप उपलव्ध गराउनु हुने भएको छ ।

धावक गोपी चन्द्र पार्कीलाई आगामी ३ वर्षको लागी पूर्व एथलेटिक्स खेलाडी एवं सल्लाहकार मोहन नेपाल, सुनिल राजबंशी सहित शत्रुघन श्रेष्ठ,सबिन प्रधान र प्रचण्ड कर्माचार्यले खेल पोसाक ,जुत्ता र सामग्रीहरु प्रदान गर्नु हुने भएको छ ।

हवाई टिकट राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको छ भने सहभागीताको अवसर एथलेटिक्स प्रशिक्षक दिलमाया कार्कीको पहलमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV