४ आश्विन २०७८, सोमबार

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिवले नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र संयुक्त राज्य अमेरिकाले आफ्नो ूपूरै टुक्रिएकोू सम्बन्ध सुधार्नुपर्ने भनेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीसंग दिएको एक अन्र्तवार्तमा भनेका छन, चीन र अमेरिकाबीचको तनाव अन्य देशहरुमा फैलिनबाट रोक्नको लागि आवश्यक छ।

यस हप्ता विश्व नेताहरु संयुक्त राष्ट्र संघको वार्षिक बैठकमा कोभिड, जलवायु चिन्ता जस्ता धेरै विषयहरुमा कुरा गर्ने भएको छ ।

गुटेरेसले विश्वका दुई ठूला आर्थिक शक्तिहरुले जलवायु परिवर्तनमा सहयोग गर्नुपर्ने बताएका छन्। उनले भने,’ दुई देशहरु मानव अधिकार, अर्थव्यवस्था, अनलाइन सुरक्षा र दक्षिण चीन सागर जस्ता विवादास्पद मुद्दाहरुमा अझ बलियो कुराकानी गर्नु पर्छ।’

संयुक्त राष्ट्रसंघका महासचिवले भने, ‘दुर्भाग्यवश यस समयमा दुईको बीचमा मात्र द्वन्द्व देखिन्छ।’

गुटेरेसले भने, ‘हामीले दुई शक्तिहरुबीच एक कार्य सम्बन्ध स्थापित गर्नु पर्छ। यो खोप, जलवायु परिवर्तन र धेरै अन्य वैश्विक चुनौतिहरुलाई सम्बोधन गर्न पनि आवश्यक छ।’

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV