४ आश्विन २०७८, सोमबार

बुटवल । सोमबार पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदी आफ्नै कार्यकर्ताबाट कुटिए । मेयर सुवेदीलाई दाउ छोपेर मुक्का प्रहार गर्ने युवक एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेका छन् ।

एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदी सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा पुगेका थिए । मेयर सुवेदी त्यहाँ पुग्दा ज्योतिनगरवासी आक्रोशित थिए । उनीहरुले आफूहरु विस्थापित र असुरक्षित हुँदा पनि स्थानीय सरकार मुकदर्शक बनेको भन्दै चर्काे आवाज गरेका थिए ।

मेयर सुवेदीको दायाँ बायाँ सुरक्षाकर्मी देखिन्थे । अघि पछि स्थानीयहरु थिए । त्यहीँ बीचमा रहेका गणेश पंगेनी आक्रोशित भई आफ्नै मेयरलाई मुक्का हाने । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV