४ आश्विन २०७८, सोमबार

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनमाथि जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लियोनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि नेइमार र माउरो इकार्डीले समान एक-एक गोल गरे । लियोनको लागि लुकास पक्वेटाले गरेको गोल सान्त्वना बन्यो । तीनै खेल दोस्रो हाफमा सम्भव भएकाे थियो ।

खेलको ५४ औँ मिनेटमा लुकालसले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा पेनाल्टमार्फत नेइमारले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए । उनले किलियन एम्बाप्पेको पासमा गरेका थिए ।

यो जितसँगै पीएसजले दोस्रो स्थानमा रहेको मार्सेइल्लेलाई ५ अंकले पछि पारेको छ । अहिलेसम्म ६ खेलको खेलेको पीएसजीले सबै खेल जित्दै १८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मार्सेलीले ५ खेलमा १३ अंक जोडेको छ । पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV