३ आश्विन २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई संस्थागत गर्दै यसको सफल कार्यान्वयनका लागि सबै गम्भीर हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई अहिले केही दलहरुले प्रयोगका रुपमा मात्र बुझ्नु गलत भएको भन्दै यसलाई सफल कार्यान्वयन गराउन सवै गम्भीर हुुनुपर्ने बताएका हुन् ।

उनले संविधानले मुलुकलाई बाटो देखाइदिएको भन्दै संविधानमा रहेका प्रावधानलाई सहि तवरले कार्यान्वयन गर्नुपर्ने बताए । उनले संविधानमा रहेका बिषयको गलत व्यख्या गर्दै गलत नारा दिएर भ्रम पार्दै राजनीति र खेती गर्ने काम बन्द हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा अन्य दलका नेताहरुले संविधानको सफल कार्यान्वयनका लागि समग्र मुलुक नै एकताबद्ध हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV