३ आश्विन २०७८, आईतवार
  • दान बहादुर बुढा,

मुगु । मुगु जिल्लाको सोरु गाँउपालिका–३ मा रहेको प्रसिद्घ विजय गुरा देवाताको नवमीमा लाग्ने मेला हेर्न आउनेहरुको भीड लागेको छ । स्थानीय रीति रिवाजअनुसार भदौ ३० गतेबाट सुरु हुने सोरु गाउँपालिका–३ ठूला गाउँस्थित विजय गुरा देवताहरुको दर्शन गर्नेहरुको भीड नै लागेको हो ।

जग्गा (माटो)को धनी देवाताको रुपमा मानिने यस देवतासँग जग्गा नहुने, (छोरा–छोरी) सन्तान नहुने, पशुचौपाय नहुनेलगायतले वर मागे पूरा हुने जनविश्वास रहेको छ । यस विजय गुरा देवताको दर्शन गर्नका लागि नवमीका दिन मुगु, जुम्ला, हुम्ला, बाजुरा, दैलेख, कालिकोट, बजाङ्ग, बाजुरालगायतका जिल्लाबाट हजारौं दर्शनार्थीहरु आउने गरेका छन् ।

दर्शन गर्न आउने दर्शनार्थीहरुले खसी, बोका, कुखुरा चडाएर वर माग्ने गरेका छन् । सोरु गाँउपालिका–३ का समाजसेवी सिंह बहादुर धामीका अनुसार दर्शनार्थीहरुले धामी नाचगान, बाजागाजा बजाउने र देउडा खेल्नेलगायतका कार्यक्रम गरेर नवमी मेला सम्पन्न गर्ने गरेका छन् ।

यस मेलामा दर्जनौं धामी, गुरु, जिय, लोलेलगायतले आ–आफ्नो नाच देखाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV