३ आश्विन २०७८, आईतवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ३०४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ५६ जना र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७३ हजार ५३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४१३ जना कोरोनामुक्त भए, १२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४९ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ३० हजार ८०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV