३ आश्विन २०७८, आईतवार
  • महेश पाण्डे,

चितवन । चितवनमा कोरोना संक्रमणको दर घट्दै गएपछि सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य प्रोटोकलको पालना गरेर लकडाउनका कारण बन्द रहेका विद्यालयहरु असोज १ गतेदेखि खुलेका छन् ।

हाल चितवनमा ७ वटा स्थानीय तहमा सरकारी तथा निजी गरी १६७ वटा विालयहरु रहेका छन् । दशैँ आउन २१ दिन मात्र बाँकी रहँदा विद्यालयहरु खुलेपछि अभिभावकलाई भने ‘कतै यो दशैं खर्चको लागि शुल्क उठाउने मेसो त होइन ?’ भन्ने लागेको छ ।

चितवन रत्ननगर–१० मा बस्ने कृष्ण प्रसाद पौडेलका दुई जना बाबुनानीहरु घर नजिकै रहेको बोर्डिङ्गमा कक्षा २ र ९ मा पढ्ने गर्छन् । पौडलेलाई भने दशैको मुखमा विद्यालय खोल्नु उत्तम लागेको छ्रैन ।

पौडेललाई कोरोनाको जोखिम कायम रहेको बेला विद्यालय खोल्नु भन्दा कम्तिमा चाँडपर्वसम्म कुरेर खोलेको भए राम्रो हुन्थ्यो भन्ने लागेको छ । त्यति मात्रै नभएर दशैंको मुखमा विद्यालय सञ्चालन गर्नु विद्यालयको लागि दशै खर्च जुटाउने मेसो पो होकी भन्ने पौडेलको आशंका पनि छ ।

यता रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले भने मासिक शुल्कको लागि मात्रै विद्यालयहरु खोल्न आफूहरुले अनुमति नदिएको बताउछन् । उनले विद्यार्थीहरुलाई फी तिर्नुपर्छ भनेर विद्यालय नपठाउने होइन कि बरु तिरेको फी भन्दा कसरी बढी पढ्न र पढाउन सकिन्छ भनेर सोच्नुपर्ने पर्ने बताउछन् ।

हिमालयन इङ्गलिस बोडिङ्ग स्कुलका प्रधानाध्यापक पशुपति उपाध्यायले विद्यार्थीहरुले घरबाट अनलाइनबाट पढेर मात्रै सबै शिक्षा लिन सम्भव नभएको र उनीहरु घरमा मोवाइलको लतमा पनि फसेको स्थितिमा अभिभावकको चाहना बमोजिम नै स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गरिएको बताए ।

यसरी चाडपर्व नजिकिदै गर्दा चितवनमा विद्यायल खुलेसँगै एक थरीको तर्क कोरोनाको तेस्रो लहरमा बालबालीका बढी प्रभावित हुने भएकाले जोखिम बढिरहेको बताइरहेका छन् भने अर्काथरीले विद्यालय बन्द गरेर मात्रै समस्या समाधान नहुने भएकाले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर पठनपाठनलाई अगाडि बढाउनु पर्ने तर्क गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV