३ आश्विन २०७८, आईतवार

काठमाडाैँ । साहित्यकार तथा समालोचक महेश पौड्यालको कथाकृति ‘अपरिचित अनुहार’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रममाझ उक्त कृति सार्वजनिक गरिएकाे हाे ।

कथासङ्ग्रहको समीक्षा गर्ने क्रममा डा. अशोक थापाले कथाको बारेमा टिप्पणी गरेका थिए । उनले भने- “त्यसपछि फुलेन गोदावरी नामक कथासङ्ग्रहभन्दा यस सङ्ग्रहको उचाइ अझ बढेको छ । कथासङ्ग्रह पढ्दै जाँदा पाठकले सोचेको भन्दा फरक अन्त्य रहेको पाइन्छ ।”

कार्यक्रममा समीक्षक डा. रजनी ढकालले कथामा युवापुस्ता केन्द्रित गरिएको बताइन् । यसैगरी मदन पुरस्कार बिजेता लेखक कृष्ण धारावासीले पनि कथाका बारेमा केही टिप्पणी राखेका थिए ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य रु २७५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV