२ आश्विन २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसका सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंहको २४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

शुक्रबार सिंहको २० औँ स्मृति दिवसको अवसरमा डा. महतले वक्तव्य जारी गर्दै वकांग्रेस संस्थापक, २००७ सालको जनक्रान्तिका योद्धा गणेशमानसिंहप्रति हार्दिक श्रद्धासुमन अर्पण गरे ।

गणेशमानसिंह २००७ सालको जनक्रान्तिपछि गठित राणा कांग्रेस संयुक्त सरकारका उद्योग तथा वाणिज्य मन्त्री, वी.पी.कोइरालाको प्रथम जननिर्वाचित सरकारका निर्माण तथा यातायात मन्त्री, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर रहेका थिए ।

साथै, कांग्रेसले अंगीकार गरेको आदर्श, सिद्धान्त, मूल्य,मान्यतालाई शीरोपर गरी उहाँले लोकतन्त्रका लागि जीवनभर गर्नुभएको त्याग, तपस्या र कठिन संघर्ष तथा निःस्वार्थभावले लोकतन्त्रको रक्षार्थ गर्नुभएको खबरदारीले कांग्रेसका सबै तहका नेता एवम् कार्यकर्ताहरुलाई सधैभरि प्रेरित गरिरहने विश्वास डा. महतको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV