२ आश्विन २०७८, शनिबार

काठमाडौं । एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससंग पराजित भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससंग २-१ ले पराजित भएको हो । समूह एफ को पहिलो खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा नेपाल पराजित भएको हो ।

खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्सविरुद्ध नेपाललाई दिलाएकी थिइन् ।

पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्सविरुद्ध अग्रता कायम राखेको थियो । तर अन्तिम सममया दुई गोल फर्काउदै फिलिपिन्सले पुनरागमन जित हात पारेको हो ।

९० औं मिनेटमा ताहनाई अनिशले फिलिपिन्सका लागि बराबरी गोल फर्काइन् । पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो ।

फिलिपिन्सको लागि कमिल्ला विल्सनले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेपछि फिलिपिन्सले जित हासिल गरेको हो । नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV