२ आश्विन २०७८, शनिबार

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएका नेपाली श्रमिकको शव र अस्तु ल्याइएको छ ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव नेपालका शवसंगै १५ श्रमिकको अस्तु पनि ल्याइएको जनाइएको छ ।

मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ। २१ मृतकमध्ये एक जना २० वर्षअघि मलेशिया गई सम्पर्कबिहीन भएको रहेको बताइएको छ ।

उनको शव जनउद्धार केन्द्रको पहलमा नेपाल ल्याएको जनाइएको छ। सन् २००२ मा उनी मलेसिया गएर सम्पर्कबिहीन भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV