२ आश्विन २०७८, शनिबार

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीलाई नेपाल बोलाएको छ ।

(एनआरएनए)को राष्ट्रिय परिषद्को निर्वाचन प्रतिनिधि छनोटको बिषयलाई लिएर भएको विवादपछि निर्वाचन प्रकृया स्थगित भएको छ । उक्त विषयमा भएको विवाद समाधानका लागि परराष्ट्रले पदाधिकारीहरुलाई नेपाल झिकाएको हो ।

परराष्ट्रको निर्देशनमा एनआरएनका उपाध्यक्ष डा. बद्री केसी नेपाल आइपुगिसकेको बताइएको छ । त्यस्तैगरी अध्यक्ष कुमार पन्त पनि आज साँझसम्म नेपाल आइपुग्ने बताइएको छ ।

समस्या समाधानका लागि एनआरएन पदाधिकारीहरुको बैठक चाँडै बस्ने बताइएको छ । संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ६४ देशमा निर्वाचन भइसकेको छ।

परिषद्को निर्वाचनबाट ३५ सयभन्दा बढी प्रतिनिधि छनोट पनि भइसकेको छन् । तर उक्त निर्वाचनमा अनियमितता भएको भन्दै संघका तीन जना सदस्यहरुले मन्त्रालयमा उजुरी दिएका छन् । उजुरीसँगै मन्त्रालयले तत्कालै अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन प्रक्रिया अघि नबढाउन  निर्देशन दिएको छ ।

विवाद समाधानका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV