२ आश्विन २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार गणेशमान सिंहको २५ ओैं स्मृति दिवसमा बोल्दै सभापतिमा उम्मेदवार दिनेहरुको सम्भावन नसकिएको र आफू सभापतिको उम्मेदवारबाट पटि नहट्ने उनले बताए ।

नेता सिंहले पार्टीको १४ औँ महाधिवेशनले नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व चयन गर्ने पनि बताए । उनका अनुसार पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको र विवाद भएका जिल्लाका वडामा विधिविधान अनुसार समस्याको समाधान हुनुपर्छ ।

नेता सिंहले गठबन्धन दलहरुबिच सहमति हुन नसक्दा मन्त्रिपरिषद विस्तार हुन ढिलाई भएको पनि बताएका छन् । तैपनि अब अब छिटै सरकारले पूर्णता पाउने उनको भनाइ छ ।

कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेपछि गठबन्धनबाट देउवा सरकार विस्तार भएको सिंहले बताएका छन् । साथै, गठबन्धनबाट निर्माण भएको कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुकूल काम गर्ने उले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV