२ आश्विन २०७८, शनिबार

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन् ।

सामुहिक हत्याकाण्डको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा आइपुगेको छ ।

हत्याकाण्डमा मारिएकी बुहारी रन्जनाको मोबाएल लोकबहादुरको भाइको साथबाट बरामद भएपछि टोली थप अनुसन्धानका लागि संखुवासभा गएको हो ।

लोकबहादुर एक्लैले ६ जनाका हत्या गरेको दाबी गरेको भए पनि उनको भाइको साथमा मोबाइल भेटिएपछि हत्यामा लोकबहादुरका भाइ नरेशको संलग्नताको विषयमा अनुसन्धान गर्न प्रदेश १ का प्रहरी टोली संखुवासभा पुगेको हो ।

हत्याको अनुसन्धान गरी बिराटनगर फर्किएको प्रहरी टोली लोकबहादुरको भाइ नरेश कार्कीको संलग्नताको खोजी गर्दै फेरि संखुवासभा फर्किएको प्रदेश १ प्रहरीले जनाएको छ ।

भदौ २१ गते बिहान भएको हत्याकाण्डपछि मृतक रञ्जना कार्कीको मोबाइल हराइरहेको थियो । सो दिन बिहान ५ः४४ बजे रञ्जनाको ओप्पो कम्पनीको मोबाइलको स्विच अफ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV