२ आश्विन २०७८, शनिबार

आज मिति २०७८ आसोज २ भाद्र शुक्लपक्ष शनिबार । अङ्ग्रेजी सम्वंत २०२१ सेप्टेम्बर १८ । नेपाल सम्वत ११४१ ञलाथ्व । राशिफल शरद ऋतु । शकसंवत् १९:४३ । राक्षस । तिथि– त्रयदशी २९:३९ बजेदेखि दुवादशी ६ बजेर ५७ मेनेट उप्रान्त पूर्णिमा । नक्षत्र धनिष्ट २८ :१९ बजे उप्रान्त शतिभिष । योग शुकर्म २० :२५ बजे उप्रान्त धृति । करण वालव ६ :५७ बजेदेखि कौलव १८:२० बजे उप्रान्त भद्र । भनद्र राशि मकर । आनन्दायि योग प्रवध्र्द । दिनमान ३०:३२ । सुर्योदय ५ :५१ सुर्यस्त १८ : ०३ बजे ।

मेष : विशिष्ट व्यक्तिको मिलनले कार्य सफलता मिल्नेछ । सामाजिक जिम्मेवारी बढ्नेछ । मध्यान्न देखि स्वास्थ्यमा समस्या होला । कुकुरलाई खाना दिनु ।

वृष : व्यपार व्यावसायदेखि मनग्य आम्दानी हुनेछ ।मित्रजनदेखि सहयोग पाइने छ भने पारिवारिक किचलो बढ्नेछ । प्रेमीप्रेमिकाको लागि समय राम्रो छ ।

मिथुन : विश्वासीला पक्षले धोका दिनेछन् । बहुमूल्य वस्तु हराउने मनमा चिन्ता बढ्ने अवस्था रहनेछ । नयाँ काम नगर्नु होला । परेवालाई चारो दिनु होला ।

कर्कट : नवीन कार्य हुनेछ । मित्रजनदेखि सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुद रहनेछ । मध्य समय देखि पेटसम्बन्धि समस्या देखिनेछ ।

सिंह : कार्यदेखि पूर्ण सफलता पाइनेछ । सोचेको कार्य पूरा हुनेछन् । शत्रुहरु परास्त हुनेछन् । मानसम्मा प्राप्त हुने योग परेको छ । सुर्यदेवलाई पूजा गर्नु ।

कन्य : बैदेशिक कार्य तथा अध्यान क्षेत्रमा राम्रो हुनेछ । व्यापारिक वर्गका लागि राम्रो समय छ । प्रियजनको दुखद खबरले मनमा अशान्ति हुनेछ । सर्वकल्यायण योग मन्त्र जप गर्नुहोला ।

तुला : सहयोग गर्ने आउने छन् । बोलीको प्रभाव बढेर जानेछ । व्यपार व्यवसायमा त्यति राम्रो देखिदैन । यात्रामा केही कठिनाईहरु आउने छन् । कुल देवताको सेवा गर्नु उत्तम रहला ।

वृश्चिक : आर्थिक समृद्धि बढेर जानेछ । विश्वासी पात्रद्धारा कार्य मिल्ने छ । प्रेमी प्रेमिकामा किचलो बढेर जानेछ ।

धनु : नसोचेको ठाँउबाट सहयोग मिल्नेछ । प्रिय वस्तु हराउनाले मनमा अशानित बढेन छ । नयाँ ठाँउमा जाने अवसर मिल्नेछ ।

मकर : वैदेशिक आम्दानी मिल्नेछ । स्वास्थ्यमा केही समस्या देखिन्छ । खानपानमा ध्यान दिनुहोला । व्यापारदेखि मनग्य आम्दानी होला ।

कुम्भ : स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक जमघट हुनेछ । कामहरु हुनु भन्दा अगाडि नभन्नु पत्रकारितामा राम्रो देखिन्छ ।बुबा आमाको सेवा गर्नुपर्ने देखिन्छ ।

मीन : उत्साह र उमंगद्धारा मनमा एकाग्रता रहने छ । साथिभाइको सहयोग मिल्ने छ ।  व्यवसाय क्षेत्रममा राम्रो देखिन्छ । आम्दानी भएपनि खर्च बढी हुनेछ । कुल देवताको सेवा गर्नु उत्तम रहला । शुभदिन

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV