१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । आयोजक रिभाइभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाइभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसीप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् ।

प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१.७, २१.१३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोश्रो चरणमा स्थान बनाए ।

रुकेशले शिवराम चौधरीलाई २१.५, २१.४ ले तथा पविनले शिभ राईलाई २१.११, २१.४ ले पराजित गरे । पार्कको स्थापनाको उपलक्षमा आयोजना भएको च्याम्पियनसीपमा आयुश्मान नागरीले टंक बहादुर रानालाई २१.४ को समान अन्तरले पराजित गरे ।

यस्तै पेम्बा शेर्पाले सुलभ पौडेलमाथि २१.१८, २१.१२, एपीएफका सुमन लिम्बुले योगेश खड्कालाई १६.२१, २१.९, २३.२१, अदिश कार्कीले सुक्र तामाङ्गलाई २१.१४, २१.१५, राजु थापाले बुटवलका सुनिल कार्कीलाई २१.१३ को समान अन्तरले, दिपेन गायकले रिसोद सुवाललाई २१.११, २१.१४, बबिश थापाले सुदय झालाबाट वाक ओभर, नविन सिलवाल दितिक न्यौपानेलाई २१.१५, २१.१३, विवेक भट्टराईले ब्रिन्जन बस्नेतलाई १२.२१, २४.२२, २१.१८, एशिया जवेगुले रामु हाङ्ग राईलाई २१.११, २१.१५, बुटवलका रोहित बरालले रोमी राईबाट वाकओभर तथा सेनाका विवेक चौधरीले सुर्खेतका नरेन्द्र बमलाई १८.२१, २१.१५, २१.१३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरेका छन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले शुक्रबार एक कार्यक्रमकाविच च्याम्पियनसिपका साथै रिभाईभमा स्थापना गरिएको क्लबको समेत पानशमा दीप प्रज्ज्वलन गर्दै उद्घाटन गरे । क्लबमा ब्याडमिन्टन कोर्टका साथै, पौडी पोखरी, जिम हल, सौना, ज्यागुजी लगायत कराते तथा उसु कक्ष समेत रहेको छ ।

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गरिएको च्याम्पियनसीपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिका भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ ।

करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसीपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ वर्ष माथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV