१ आश्विन २०७८, शुक्रबार

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आज (शुक्रबार) साँझ नै नेकपा एकीकृत समाजवादीका दुई जनालाई मन्त्री नियुक्त गर्न लागेका छन् ।

माधव नेपाल नेतृत्व नेकपा (एस) बाट प्रदेश सांसदय तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री बनाउन लागेको बताइएको छ ।

दुवै मन्त्रीहरुलाई केहीबेरमा पद तथा गोपनीयताको सपथ दिने तयारी भएको बताइएको छ । एमाले विभाजनपछि दुवै सांसदले नेकपा एस रोजेका थिए । अहिले सुदूूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । हाल नेकपा एसमा १४ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV