१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । चीनमा एमबीबीएस पढेका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१४ व्याचका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका हुन् । काउन्सिलले तोकेको फारम भरी आवश्यक विवरणसहित असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा प्रमाण–पत्र रुजु गराउन सूचित गरेको छ ।

काउन्सिलद्वारा जारी सूचनामा भनिएको छ, ‘तोकिएको फाराम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको कागज–पत्रसहित मिति २०७८ असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा काउन्सिलको कार्यालयमा स्वयं उपस्थित भइ फारम बुझाउन र प्रमाणपत्र रूजु गराउनका लागि सूचित गरिन्छ ।’

त्यस्तै कार्यालयमा हुने भीडभाड कम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्नका लागि आफूलाई बोलाइएको दिनमा नै उपस्थित हुनसमेत जानकारी गराएको छ ।

गत भदौ २७ देखि प्राणघातक कोरोना महामारीका कारण इन्टर्नसीप चीनमा पूरा हुन नपाउँदा मारमा परेको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले स्वदेशमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV