१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री काजोल फिल्मबाट टाढा भएपनि सोसल मिडियामा भने निकै सक्रिय छन् । भर्खरै मात्र अभिनेत्री काजोलले आफ्नो ट्वीटर अकाउन्टमा एउटा तस्वीर सेयर गरेकी छन्, जहाँ उनी पिंक ड्रेसमा निकै ग्ल्यामरस देखिएकी छन् ।

अभिनेत्री काजोलको सो तस्वीरलाई फ्यानहरुले निकै मन पराइरहेका छन् । त्यस्तै फ्यानहरुले काजोललाई सुपरस्टार शाहरुख खानसँग पुनः प्रोजेक्ट गर्न आग्रह पनि गरिरहेका छन् । काजोल र शाहरुख खान बलिउडको सुपरहिट जोडी हो । यो जोडीलाई पुनः ठूलो पर्दामा हेर्न चाहनेहरु पनि करोडौं रहेका छन् ।

अभिनेत्री काजोलले तस्वीर सेयर गर्दै क्याप्शनमा लेखेकी छन्, ‘रिल्याक्स, रिचार्ज र रिफ्लेक्ट । कयौं पटक केही नगर्नु पनि राम्रो हुन्छ । आईजी भिक्टोरिया ओडियाज ।’ सेयर गरेकी तस्वीरमा काजोल रिल्याक्स मुडमा देखिएकी छन् । काजोलको उक्त तस्वीरमा फ्यानहरुले लगातार कमेन्ट गरिरहेका छन् ।

सोही तस्वीरमा केही फ्यानहरुले काजोललाई शाखरुख खानसँग प्राजेक्ट गर्न रिक्वेस्ट गरिरहेका छन् । एक फ्यानले लेखेका छन्, ‘हामीले शाहरुख खानको साथमा अझैँ एक प्रोजेक्ट चाहन्छौं । तपाई मेरो फेभरिट अभिनेत्री हुनुहुन्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV