१ आश्विन २०७८, शुक्रबार

एजेन्सी । युरोपा कन्फ्रेन्स लिगमा इटालियन क्लब रोमाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रोमाले १० खेलाडीमा समेटिएको सिएसकेए सोफियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

रोमालाई सानदार जित दिलाउनको लागि कप्तान लोरेन्जो पेलिग्रेनीले दुई गोल गरे भने स्टेफन अल सरावे, जियानलुका मान्सिनी र ट्याम्मी अब्राहमले समान एक-एक गोल गरे । पीएफसी सिएसकेए सोफियाका ग्राहम कारेको गोल सान्त्वना बन्यो ।

खेलको १०औं मिनेटमा ग्राहम कारेको गोलबाट पीएफसी सिएसकेए सोफियाले अग्रता लिएको थियो । उनले यान्निक वाइल्डस्कटको पासमा गोल गरेका थिए ।

२५ औं मिनेटमा पेलिग्रेनीले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रिक कार्सडर्पको पासमा गोल गरेका थिए ।

३८औं मिनेटमा स्टेफन अल सरावेले गोल गर्दै रोमालाई २-१ को अग्रता दिलाए । ६२औं मिनेटमा कप्तान रिककार्डोले नै गोल गर्दै रोमालाई ३-१ को अग्रता दिलाए ।

८२औं मिनेटा जियानलुका मान्सिनीले क्रिस स्मलिङको पासमा गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए । ८४औं मिनेटमा ट्याम्मी अब्राहमले इल्डर सोमुरोडोभको पासमा गोल गर्दै रोमालाई ५-१ गाले अन्तरले खेल जिताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV