१ आश्विन २०७८, शुक्रबार

वि.सं . २०७८ साल असोज ०१ गते, शुक्रबार । ईश्वी सन् २०२१ सेक्टेम्बार १७ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– एकादशी, ८ः२९ बजे उप्रान्त त्रयोशी । नक्षत्र– श्रवण, २८ः४७ बजे उप्रान्त धनिष्ठा । योग–अतिगण्ड, २२ः३४ उप्रान्त सुकर्मा । करण– भद्रा ८ः२९ बजेदेखि वव, १९ः ४१ बज उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट ।

मेष : आजको दिनमा शुभ कार्य आरम्भ हुने छन् । कार्य तथा व्यवसायमा सफलता हातपर्ने छ भने खानपानमा ध्यान दिनु पर्ने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन्छ । उच्च शिक्षाको अवसर मिल्नेछ ।

वृष : कार्य क्षेत्रमा पूर्ण सफलता मिल्नेछ । मित्रजनदेखि सहयोग मिल्ने छ भने पारिवारिक किचलो भने बढ्ने देखिन्छ । राजनैतिक सफलता मिल्नेछ मध्यान्नदेखि भने स्वास्थ्यमा केहि समास्या आउने देखिन्छ ।

मिथुन : सकारात्मक सोचको उदय हुने छ । महत्वपूर्ण कार्यहरु बन्नेछन । कृषक वर्गको लागि भने त्यत्ति फलदा रहेने छैन । वैदेशिक काम बन्ने छ । विद्यार्थीको लागि भने राम्रो रहनेछ ।

कर्कट : अध्ययन क्षेत्रमा केही सुधार आउछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कला कौशलता वृद्धि हुने छ भने शारिरीक अवस्थता बढ्ने देन्छि ।कुलदेवताको स्मरण गर्नुहोला ।

सिंह : बोलिको प्रभाव बढ्नेछ । अधुरा कार्यहरु बन्नेछन् । मित्रजनदेखि धोखा पाइन्छ । स्वास्थ राम्रो रहने छ । अध्यन राम्रो हुनेछ । यात्राको अवसर मिल्नेछ । व्यपारीवर्गको लागि सयम राम्रो छ ।

कन्या : आजको दिनमा किनमेलमा बढी समय वित्नेछ । पारिवारिक जमघट हुने छ । नसोचेको ठाउँदेखि पैसा आउने छ । मिष्ठान भोजन मिल्नेछ । कला कौशलताको क्षेत्रमा भने त्यत्ति राम्रो देखिँदैन ।

तुला : आथिर्क अभाव हुने देखिन्छ । मित्रजनको सहयोग मिल्नेछ । व्यपारिक क्षेत्रमा केही समस्या आउने देखिन्छ । स्वस्थ्यामा केही सामान्य समस्या आउने देखिन्छ ।

वृश्चिक : मनमा अनेक कुराहरु खेल्नेछन् । परेवालाई दाना दिँदा राम्रो हुनेछ । अध्यय गर्न मन लाग्दैन । यात्रा गर्दा सावधानी अपनाऊनु पर्नेछ । छिमेकीसँग विवाद हुने देखिन्छ । कृर्षक वर्गलाई भने राम्रो रहने देखिन्छ ।

धनु : मनमा दुविधा बढ्नाले कार्यक्षेत्रमा त्यति राम्रो देखिँदैन । अध्ययन क्षेत्रमा त्यत्ति राम्रो नरहला । मित्रजनदेखि सहयोग मिल्नेछ स्वास्थमा सुधार हुने छ । व्यपार व्यावसायमा मनग्य आम्दानी हुनेछ ।

मकर : मनमा उत्साह बढ्नेछ । मनग्य आम्दानी हुनेछ । धार्मिकस्थल तथा सामाजिक क्षेत्रमा काम गरिने छ । मित्रजनदेखि सावधानी अपनाउनु होला । यात्राको अवसर मिल्ने छ ।

कुम्भ : अतिनै महत्वपूर्ण कार्यमा समय बित्नेछ । आम्दानी भन्दापनि खर्च बढ्नेछ । सन्तान सुख रहनेछ । व्यवसायी क्षेत्रमा भने मनग्य आम्दानी हुनेछ । प्रेम–प्रेमिको लागि अति नै शुभ समय रहेकोछ ।

मीन : आम्दानी बढेर जानेछ । विश्वास गरेको पात्रले धोखा दिने छन् । अध्ययन क्षेत्र राम्रो रहने छ । वैदेशिक यात्राको अवसर मिल्ने । व्यपार व्यवसायमा राम्रो रहने छैन । कृषक वर्गलाई राम्रो समय रहेको छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV