३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय तेक्वान्दो खेलाडीहरुको समूहले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

गोल्फुटारमा भएको कार्यक्रममा पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्य, रञ्जन श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता सक्षम कार्कीलगायतले उनीहरुलाई सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV