३१ भाद्र २०७८, बिहीबार

सिरहा । सिरहा प्रहरीले पाँच केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार उनीहरू
लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV