३१ भाद्र २०७८, बिहीबार

काठमाडौँ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालय भागवण्डाका विषयमा बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेको बालुवाटार स्रोतले जनाएको छ ।

छलफलमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा छलफल भईरहेको बालुवाटार स्रोतले जनाएको छ ।

देउवा नेतृत्वको सरकारले लामो समयसम्म मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै चौतर्फी चर्चा परिचर्चा भएको बेला बालुवाटारमा मन्त्रालय भागवण्डाका विषयमा छलफल सुरु भएको हो ।

यस अघिपनि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलसँग मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV