३१ भाद्र २०७८, बिहीबार

एजेन्सी । चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गरेको छ । त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने जनाइएको छ।

त्यसले आणविक अप्रसार कार्यलाई पनि आघात पुर्‍याउने बताइएको छ। बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई ‘एकदमै गैरजिम्मेवार कार्य’ भनेका छन्।

त्यसले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्नेछ र हतियारको दौडलाई तीव्र बनाउने जनाइएको छ ।

सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV