३१ भाद्र २०७८, बिहीबार

रौतहट । रौतहटमा शसस्त्र प्रहरीले डेढ लाख बराबरको अवैध पटाका वरामद गरेर नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवा रौतहटबाट गस्तीमा खटिएको टोलीले जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा बेवारीसे अवस्थामा सो परिणाममा पटका वरामद गरिएको पोष्टमा इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक भरत गौतमले जानकारी दिए ।

उनले तस्करहरुले दशैं , तिहार र छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल भित्राउने क्रममा शसस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर पटाका छाडेर भागेको हुनसक्ने बताउँदै सो क्षेत्रमा तस्करी रोक्न प्रहरी कुनै कसर बाँकी नराख्ने दावी गरे ।

यसरी वरामद गरिएको अवैध पटाका स्थानीय बुद्धिजीवी, संचारकर्मी र नेपाल प्रहरीको रोहबरमा पानी हालेर खाडलमा गाडेर नष्ट गरिएको सो आउट पोष्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV