३१ भाद्र २०७८, बिहीबार

एजेन्सी । भारतका कमेडियन कृष्णा अभिषेक मामा गोविन्दा र माइजु सुनिताबीचको शितयुद्ध अब समाप्त हुने भएको छ ।

विगत ३ वर्षदेखि कृष्णाको परिवार र गोविन्दाको परिवारबीच चलिरहेको शितयुद्ध कृष्णा अभिषेकले माफी मागेपछि सो समस्या समाप्त हुने अनुमान लगाउन सकिन्छ ।

कृष्णाकी श्रीमती कश्मीरा शाहले सन् २०१८ मा ट्विटरमार्फत केही मानिसहरु पैसाको लागि नाच्ने गरेको आरोप लगाएपछि सुनिताले कृष्णा र कश्मीरासँगको सबै सम्बन्ध समाप्त भएको बताएकी थिइन् ।

कश्मीराले गरेको ट्विट सुनिताले गोविन्दाप्रति लक्षित रहेको भन्दै सम्बन्ध सकिएको बताएकी थिइन् ।

कृष्णाले केही हप्ता अगाडि ‘द कपिल शर्मा शो’मा पुगेका गोविन्दा र सुनितासंग स्टेज शेयर गर्न अस्विकार गरेका थिए । त्यसपछि, सुनिताले कृष्णाको अनुहार पनि हेर्न नचाहेको बताएकी थिइन् ।

सुनिताले त्यस्तो भनेपछि कृष्णाले उनीहरुसंग माफी मागेका छन् ।

कृष्णाले हालैमात्र दिएको अन्तरवार्तामा माइजुले आफ्नो बारेमा धेरै कुरा बोलेको भन्दै दुःख लागेको बताए । उनले उनीहरु आफूसंग रिसाएको बताए। तर पनि उनीहरुले निक्कै माया गर्ने बताएका छन् । । जसले सबैभन्दा धेरै मायाँ गर्छ उसैले नै अनुहार हेर्न नै चाहन्न जस्ता शब्दहरु बोल्न सक्छन् । जुन शब्द माता–पिताले मात्र बोल्न सक्छन् । गोविन्दा र सुनिता आफ्नो लागि माता–पिता जस्तै रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV