३१ भाद्र २०७८, बिहीबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा स्पेनिस क्लब रियल म्यड्रिड इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको अन्त्यतिर सब्सिच्युट ब्राजिली युवा विंगर रोड्रिगोले गरेको गोल नै निर्णयक गोल बन्यो । उनले ८९औं मिनेटमा गोल गरेका थिए ।

यही समूह ‘डी’ को अर्को खेलमा मोल्दोभाको एफसी सेरिफले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २-० ले पराजित गरेको छ ।

यो नतिजापछि सेरिफ ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि रियल दोस्रो स्थानमा रहेको छ । इन्टर र साख्तरले अंकविििहन छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV