३० भाद्र २०७८, बुधबार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्नको लागि सरकारले पहल लिनुपर्ने र दलहरुबीच सहमति हुनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘सरकारको नेतृत्व परिवर्तन हुँदैमा असर हुनुभएन, सरकारी पुँजी दरिलो हुनुपर्छ । मुलुकको खर्च चलायमान हुनुपर्छ ।’

उनले थप भने, ‘हिजो जुन किसिमको संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच बेमेलको कारण मुलुक अप्ठ्यारोमा छ । मुलुक चलायमान र जीडीपी ग्रोथ गर्न खर्च गर्ने कामपनि समयमै हुनुपर्छ । विकास निर्माणको काम समयमै नहुने भएकोले वर्षौदेखि समस्या छ ।’

अहिले आगामी असोज ४ गतेसम्म दलहरुबीच सर्वसम्मती हुने विश्वास दिलाए । उनले भने, ‘संसद् बन्द गरेर अध्यादेशबाट ल्याउने पनि अवस्था छ । विश्व र छिमेकी हास्नेगरि काम नगरौं । सीसीडीको कुरा छ, ८५ प्रतिशत थियो । तर पछि एक महिना भयो ९० प्रतिशत ।’

उनले फेरि भने, ‘ब्याजदर धमाधम बढिरहेको छ । अर्थतन्त्रमा असर परेको छ । नीति परिवर्तन गर्दा निजी क्षेत्रलाई मर्का परेको छ । मुलुकलाई डेडलकमा राख्नुहुँदैन् । मुलुक आत्मनिर्भर बन्नुपर्छ । र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV