३० भाद्र २०७८, बुधबार

एजेन्सी । लेबनानका राष्ट्रपति मिशेल आउनले बुधबार आफ्नो मुलुकले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकसंग चाँडै आवश्यक सुधार र वार्ता सुरु गर्ने बताउनुभएको उहाँको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।

लेवनानी राष्ट्रपति आउनले ‘बाब्दा प्यालेस’मा श्रम महासंघबाट एक प्रतिनिधिमण्डलसँगको भेटवार्ताका भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायबाट हामीलाई आर्थिक सुधारका लागि सहयोग गर्ने चाहना व्यक्त भएको छ । हामी वित्तीय सुधारका लागि आईएमएफ र विश्व बैंकसँग छिट्टै वार्ता सुरु गर्नेछौं ।”

उहाँले आगामी दिनमा अर्थतन्त्र सुधारलाईलाई मुख्य प्राथमिकता दिइने बताउनुभयो । आउनका अनुसार नयाँ मन्त्रीमण्डलले सन् २०२० अगस्त ४ मा भएका दुईवटा विशाल विस्फोटद्वारा ध्वस्त विद्युत केन्द्रहरूको निर्माण र बेरूत बन्दरगाहको पुनर्निर्माणसहित विभिन्न परियोजनाहरू सुरु गर्नेछ ।

लेबनानले धेरै आवश्यक सुधारहरू कार्यान्वयन गर्ने र देशलाई वर्तमान आर्थिक सङ्कटको अवस्थाबाट उकास्न विदेशी सहायताको लागि साँचो खुला राखने छ । देशमा लामो समयसम्म खाली रहेको राजनैतिक संरचनासँगै खाली मन्त्रीपरिषद्ले पनि सेप्टेम्बर १० मा पूर्णता पाएपछि लेवनानले आर्थिक सुधारको बाटो लिने अन्तर्राष्ट्रिय समुदायले आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV