३० भाद्र २०७८, बुधबार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्नेभएका छन् । मुख्यमन्त्री आचार्यले बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार तुलसीप्रसाद न्यौपाने र हिराकुमार थापालाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री आचार्यको रहेको छ ।

तर राज्यमन्त्री बन्न आचार्यले गरेको आग्रहलाई तीन सांसदले अस्वीकार गरेको एमाले स्रोतले जनाएको छ ।

यसैबीच प्रदेशसभाको अधिवेशन असोज २२ मा बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV