३० भाद्र २०७८, बुधबार

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्ने बताए ।

काठमाडौंमा बुधबार आयोजित एक साक्षात्कारमा उनले भने, ‘अहिलेको अवस्थाले हामी तदर्थवादमा चलिरहेको देखाउँछ । समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रि–बजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको छ, तर हामीकहाँ छलफल नै हुँदैन् । हाम्रो राजनीतिक नेतृत्व र सरकार गम्भीर रहनेछ भन्ने मनोविज्ञान देखिन्छ ।’

अहिलेको परिस्थितिको समाधान दलहरुबाट नै निकाल्नुपर्नेमा उनको भनाइ छ ।

उनले भने, ‘यसको समाधान संसद्बाट हुने हो । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्छ । प्रतिपक्षले पनि सहयोग गर्नुपर्छ । अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्छ, अहिले आर्थिक सूचकहरु ओह्रालो लागिसके । हामी शोधानन्तर बचतमा पनि नकारात्मक स्थितिमा पुगेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV